back

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

वि.सं.२०८२ कात्तिक ८ शनिवार

1K 

shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछिको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे ।

“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।

“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने ।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

वि.सं.२०८२ कात्तिक ८ शनिवार १६:०७ मा प्रकाशित

Himalayan Life AD
मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...

गौशालाको माछा बजारमा एक युवकको शव फेला

गौशालाको माछा बजारमा एक युवकको शव फेला

मटिहानी (महोत्तरी) । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा...

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ...

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ  । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति...