back

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

वि.सं.२०८२ कात्तिक ८ शनिवार

2.3K 

shares

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन र विकास गर्ने मुख्य उद्धेश्यका साथ नेपाली चलचित्र ‘मोहर’ प्रदर्शन गरिने भएको छ ।

दशै र तिहारको कोसेलीस्वरुप फिल्मकर्सको ब्यानरमा निर्मित सामाजिक कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ’’मोहर ’’चादनी क्रियशनको प्रस्तुतिमा अक्टोवर २५ मा न्युयोर्कको वुडसाइड्स्थित गुल्शन टेरेसमा भव्य प्रदर्शन हुन गैरहेको छ ।

प्रेस कन्फेरेन्समार्फत उक्त जानकारी दिइएको हो । पल शाहसहित चर्चित कलाकारहरुको जिवन्त अनि बेजोड अभिनय रहेको र यस फिल्म सन्देशमुलक मात्र नभएर एउटा फिल्म भित्र आबश्यक रसहरु हास्यरस, शृङ्गार रस, करुणरस र द्वन्दको समिश्रण रहेकाले दर्शकहरुले अत्यधिक मन पराउने बिश्वास यस इभेन्ट्का एक स्टेकहोल्डर्स यम मोक्तानले बताए ।

मोहरले नेपालमा ५१ औ दिन मनाइसकेको अ्मेरिकामा पनि टेक्सासको अस्टिनमा हाउसफुल भएको र न्यु ह्याम्पसायरमा प्रदर्शन भैसकेको अनि अमेरिकाको बिभिन्न शहर र क्यानडामा समेत प्रदर्शनको तिब्र तयारी भैरहेको जानकारी आयोजकले दिएको छ ।

त्यसैगरी छुटेका र समन्वय हुन नसककेका अन्य शहरहरुमा पनि प्रदर्शन गर्न चाहनेले मोहर टिम सङ्ग समन्वय गर्न समेत अनुरोध गरिएको छ ।

न्युयोर्कस्थित सन्चालित व्यवसायीलाइ यस चलचित्रको प्रायोजन गरी बिज्ञापनमार्फत आफ्नो व्यवसायको प्रचार एवम प्रबर्धन गरी आफ्नो ब्यापार गुणात्मक रुपमा बृद्धि गर्न हुन सम्पुर्ण व्यवसायीलाइ इभेन्ट प्रमुख चादनी लामाले आग्रह गरेकी छन् ।

साथै यस शोबाट प्राप्त लाभांश नेपालमा बिभिन्न असहाय, अशक्त तथा अपाङ्गता भएको बालबालिकालाइ हस्तान्तरण गर्ने कुरा अर्का स्टेक होल्डर्स टेक गुरुङले जानकारी दिए । यस फिल्मको प्रचार प्रसारका निम्ती खसोखासको प्रधानसम्पादक किशोर पन्थी र सम्पादक दिपक परियार, हेल्लो अ्मेरिकाको सम्पादक सम्राट कार्की ,इनेप्लिजको रिपोर्टर केशबराम राइलाइ समाचार सम्पे्रषणका लागि सहयोग पुर्याउन मुख्य भूमिका खेलेको भन्दै स्टेक होल्डर्स पौडेलले धन्यवाद व्यक्त गरे ।

वि.सं.२०८२ कात्तिक ८ शनिवार २१:०५ मा प्रकाशित

Himalayan Life AD
युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...