back
CTIZAN AD

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

वि.सं.२०८२ कात्तिक ८ शनिवार

2.9K 

shares

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन र विकास गर्ने मुख्य उद्धेश्यका साथ नेपाली चलचित्र ‘मोहर’ प्रदर्शन गरिने भएको छ ।

दशै र तिहारको कोसेलीस्वरुप फिल्मकर्सको ब्यानरमा निर्मित सामाजिक कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ’’मोहर ’’चादनी क्रियशनको प्रस्तुतिमा अक्टोवर २५ मा न्युयोर्कको वुडसाइड्स्थित गुल्शन टेरेसमा भव्य प्रदर्शन हुन गैरहेको छ ।

प्रेस कन्फेरेन्समार्फत उक्त जानकारी दिइएको हो । पल शाहसहित चर्चित कलाकारहरुको जिवन्त अनि बेजोड अभिनय रहेको र यस फिल्म सन्देशमुलक मात्र नभएर एउटा फिल्म भित्र आबश्यक रसहरु हास्यरस, शृङ्गार रस, करुणरस र द्वन्दको समिश्रण रहेकाले दर्शकहरुले अत्यधिक मन पराउने बिश्वास यस इभेन्ट्का एक स्टेकहोल्डर्स यम मोक्तानले बताए ।

मोहरले नेपालमा ५१ औ दिन मनाइसकेको अ्मेरिकामा पनि टेक्सासको अस्टिनमा हाउसफुल भएको र न्यु ह्याम्पसायरमा प्रदर्शन भैसकेको अनि अमेरिकाको बिभिन्न शहर र क्यानडामा समेत प्रदर्शनको तिब्र तयारी भैरहेको जानकारी आयोजकले दिएको छ ।

त्यसैगरी छुटेका र समन्वय हुन नसककेका अन्य शहरहरुमा पनि प्रदर्शन गर्न चाहनेले मोहर टिम सङ्ग समन्वय गर्न समेत अनुरोध गरिएको छ ।

न्युयोर्कस्थित सन्चालित व्यवसायीलाइ यस चलचित्रको प्रायोजन गरी बिज्ञापनमार्फत आफ्नो व्यवसायको प्रचार एवम प्रबर्धन गरी आफ्नो ब्यापार गुणात्मक रुपमा बृद्धि गर्न हुन सम्पुर्ण व्यवसायीलाइ इभेन्ट प्रमुख चादनी लामाले आग्रह गरेकी छन् ।

साथै यस शोबाट प्राप्त लाभांश नेपालमा बिभिन्न असहाय, अशक्त तथा अपाङ्गता भएको बालबालिकालाइ हस्तान्तरण गर्ने कुरा अर्का स्टेक होल्डर्स टेक गुरुङले जानकारी दिए । यस फिल्मको प्रचार प्रसारका निम्ती खसोखासको प्रधानसम्पादक किशोर पन्थी र सम्पादक दिपक परियार, हेल्लो अ्मेरिकाको सम्पादक सम्राट कार्की ,इनेप्लिजको रिपोर्टर केशबराम राइलाइ समाचार सम्पे्रषणका लागि सहयोग पुर्याउन मुख्य भूमिका खेलेको भन्दै स्टेक होल्डर्स पौडेलले धन्यवाद व्यक्त गरे ।

वि.सं.२०८२ कात्तिक ८ शनिवार २१:०५ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...