मेष (चु, चे, चो, ला)
परिवारमा खुसीको वातावरण रहनेछ । दाम्पत्य सम्बन्ध मधुर बन्नेछ । नयाँ कार्य सुरु गर्न अनुकूल समय हो ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष मजबुत बन्नेछ । मित्र वा आफन्तबाट सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा ढिलाइ भए पनि प्रयास सफल हुनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । खर्चमा नियन्त्रण आवश्यक देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक वा सामाजिक कार्यमा सहभागी बन्ने सम्भावना छ । पारिवारिक सुखमा वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मबल बढ्नेछ । पद प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ जिम्मेवारी पाउने सम्भावना छ । यात्रामा सावधानी अपनाउनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना समस्या समाधान हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । प्रेमसम्बन्धमा निकटता बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीमा लाभ हुनेछ । रोकिएका काम पुनः सुरु हुनेछन् । आर्थिक लाभका नयाँ स्रोत खुल्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसर आउन सक्छ । परिवारको साथले मनबल बढ्नेछ । आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
कर्म क्षेत्रमा प्रशंसा मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । खर्च बढ्ने सम्भावना छ, संयमता अपनाउनुहोस् ।
मकर (भो, ज, जि, ख, खि, खु, खे, खो, गा)
पुरानो प्रयास सफल हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । प्रियजनसँग समय बिताउने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक कार्यमा रुचि बढ्नेछ । नयाँ योजना सफल हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भावनामा नियन्त्रण आवश्यक छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् । शुभचिन्तकको सल्लाह उपयोगी बन्नेछ ।
२०८२ असोज २६ गते, आइतबार, १२ अक्टोबर २०२५
तिथि : षष्ठी
नक्षत्र : उत्तराफाल्गुनी
चन्द्र राशि : सिंह
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वि.सं.२०८२ कात्तिक ९ आइतवार ०७:०३ मा प्रकाशित

























