back
CTIZAN AD

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

411 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ विचार र योजनाहरू मनमा आउनेछन् । पुरानो तनाव कम हुँदै जाँदा आत्मविश्वास बढ्नेछ । सहयोगीहरूको साथले काममा गति आउनेछ । आर्थिक रूपमा सुधार देखिनेछ । पारिवारिक वातावरणमा सुखद परिवर्तन हुनेछ । यात्रामा जानुपर्ने सम्भावना छ, भने सावधानी अपनाए फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समय व्यवस्थापन राम्रो गर्न सके आजका धेरै काम पूरा हुनेछ । आर्थिक लेनदेन गर्दा सतर्कता अपनाउनु उपयुक्त हुन्छ । घरपरिवारमा खुशी र सम्झदारी बढ्नेछ । साथीभाइबाट सहयोग पाइनेछ । अध्ययन, सृजनात्मक काम तथा योजनामा राम्रो प्रगति हुनेछ । स्वास्थ्य सामान्य तर थकानले असर पुर्‍याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मन हलुका र उत्साहपूर्ण हुनेछ । रोकिएका काम पूरा हुने संकेत छ । आर्थिक रूपमा साना–साना फाइदा हुनेछन् । प्रेम–सम्बन्ध तथा पारिवारिक निकटता बढ्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । यात्रामा रमाइलो अनुभव पाइएला । स्वास्थ्यमा सुधार देखिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको दबाब भए पनि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ । नयाँ योजनाको सुरुवात हुने सम्भावना छ । परिवारका सदस्यबाट सहयोग र प्रेरणा मिल्नेछ । खर्च बढेपनि आर्थिक स्रोत खुलेको अनुभूति हुनेछ । जागिर–व्यवसायमा सम्मानजनक परिणाम आउनेछ । स्वास्थ्य सामान्य ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन ऊर्जा र जोशले भरिएको देखिन्छ । कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । आर्थिक लाभका अवसर खुल्नेछन् । पारिवारिक मेलमिलाप राम्रो रहनेछ । नयाँ ठाउँमा पुग्ने वा नयाँ मानिससँग भेट हुने सम्भावना छ । अध्ययन तथा लेखनमा रुचि बढ्नेछ । स्वास्थ्य राम्रो छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धैर्य र बुद्धिले अगाडि बढ्दा असम्भव देखिएका काम पनि बन्न सक्छन् । घरायसी काममा व्यस्तता बढ्नेछ । आर्थिक हिसाबले स्थिरता आउने संकेत छ । पारिवारिक सद्भाव कायम रहनेछ । अध्ययन तथा योजनामा प्रगति हुनेछ । स्वास्थ्यमा सानोतिनो समस्या आए पनि सामान्य रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज निर्णय क्षमताको राम्रो परीक्षण हुनेछ । आर्थिक लाभका अवसर खुल्नेछन् । समाजमा प्रतिष्ठा बढ्नेछ । घर–परिवारमा खुसी छाउनेछ । पुराना अपूर्ण काम पूरा गर्न अनुकूल समय छ । प्रेम–सम्बन्धमा मधुरता बढ्नेछ । स्वास्थ्य सामान्य तर तनावबाट बच्नुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मिहिनेतको फल मिठो हुनेछ । व्यापार–व्यवसाय तथा जागिरमा राम्रो प्रगति हुनेछ । आर्थिक अवस्था मजबुत बन्दै जानेछ । पारिवारिक मेलमिलाप राम्रो हुनेछ । नयाँ अवसर पाइन सक्छ । दैनन्दिन काम तथा यात्रामा सजग रहनु उपयुक्त छ । स्वास्थ्य राम्रो रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढा, भे)
आज उत्साह र उमङ्ग बढ्नेछ । सामाजिक तथा पारिवारिक भेटघाटले मन प्रसन्न बनाउनेछ । आर्थिक लाभ तथा नयाँ प्रस्ताव प्राप्त हुन सक्छ । अध्ययन तथा सीप विकासमा समय अनुकूल छ । यात्रामा राम्रो अनुभव पाइनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मकर (भा, भि, भु, ब, बि, बु, बे, बो)
आज केही चुनौती आउन सक्छन् तर धैर्यले सामना गर्दा सफलतापूर्वक समाधान हुनेछ । आर्थिक रूपमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । पारिवारिक समर्थन मिल्नेछ । अध्ययन तथा योजनामा ध्यान जानेछ । राम्रो अवसर पाउन सम्भावना छ । स्वास्थ्य सामान्य तर थकान हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कार्यक्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सकिनेछ । आर्थिक रूपमा स्थिरता आउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । नयाँ विचार तथा योजनाबाट फाइदा उठाउन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्रामा राम्रो सुविधाको अनुभव हुन सक्छ । स्वास्थ्य ठीक रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज उपलब्धिमूलक समय छ । आर्थिक रूपमा मजबुत बन्ने अवसर छ । पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ । दैनन्दिन काम तथा योजनामा सकारात्मक परिणाम आउनेछन् । साथीभाइ तथा आफन्तबाट सहयोग पाइनेछ । प्रेम–सम्बन्धमा स्नेह बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

मिति : २०८२ मङ्सिर १९ गते, शुक्रबार, १३ डिसेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:२८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...