back

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

वि.सं.२०८२ कात्तिक ९ आइतवार

129 

shares

 

काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा थप पाँच जनालाई पक्राउ गरिएको छ। उक्त घटनामा असई मिलन राय र प्रहरी जवान उत्तम थापाको ज्यान गएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्। उनीहरूलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखी अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, ती पाँच जनाले कुटपिटमा संलग्न रही महाराजगन्जमा कार्यरत दुई प्रहरीको हत्या गरेको देखिएको छ।

यसअघि सोही घटनामा संलग्न आरोपमा पक्राउ परेका युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम बिकलाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

अनुसन्धानले काभ्रेको रोशी गाउँपालिका घर भएका र हाल बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापामाथि कुटपिट गरेको देखाएको छ।

त्यसैगरी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विकले असई मिलन रायमाथि आक्रमण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, पछिल्ला पाँच जनामाथि पनि अनुसन्धान सकिएपछि पूरक प्रतिवेदन अदालतमा पेश गरिनेछ।

 

वि.सं.२०८२ कात्तिक ९ आइतवार १२:०९ मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान...

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...