back

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

वि.सं.२०८२ कात्तिक ९ आइतवार

132 

shares

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिनुभएको हो । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुनुहुन्छ भने गुप्ता जेनजी आन्दोलनका अगुवा छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गरेका थिए ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
–––

वि.सं.२०८२ कात्तिक ९ आइतवार १५:५६ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...