काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई जितको लागि २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रनको योगफल बनायो ।
अमेरिकाका लागि समितले १०० बलमा ९ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै मिलन्दले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
वि.सं.२०८२ कात्तिक ९ आइतवार १६:१४ मा प्रकाशित



























