back

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

वि.सं.२०८२ कात्तिक ९ आइतवार

105 

shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेका प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारसहित मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सरकारलाई आह्वान गरिएको छ ।

“समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ”, विज्ञप्तिमा भनिएको छ, “हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्यमान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्दछ ।”

आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ ।

“प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ, आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हो”, विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ ।”

त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने, उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्नेलगायत कर्तव्य निर्वाह गर्नुपर्ने आयोग विज्ञप्तिमार्फत जनाएको छ ।

नागरिकका यस प्रकारका अधिकारहरूको सम्मान गर्ने र सो अधिकार उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले गत भदौ २३ र २४ को प्रदर्शनपश्चात् जेनजी पुस्ताले उठाएका जायज मागको समयमा सम्बोधन हुनु आवश्यक रहेको आयोगको भनाइ छ ।

वि.सं.२०८२ कात्तिक ९ आइतवार १६:२२ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

अफगानिस्तानसँग नेपाल पराजित

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप...