back

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

162 

shares

काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा.लि. ले “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” अन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल गर्ने भएको छ ।

कम्पनीको अनुसार बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१ गते) मा गर्ने भएको हो । साथै नोभेम्बर ६ (कार्तिक २० गते) सम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन् ।

विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (ँबअभदययप ीष्खभ) द्वारा सार्वजनिक गरिने सिप्रदी अटोपाट्र्सले जनाएको छ ।

यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ, जससँगै टिभिएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ । साथै हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफर नोभेम्बर ६ (कार्तिक २० गते) सम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पाट्र्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पाट्र्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन्। यी पाट्र्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन् ।

नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रा.लि. ले देशभरका ग्राहकहरूलाई सधैं सक्कली पाट्र्स र गुणवत्तापूर्ण सेवामार्फत विश्वासको यात्रा निरन्तरता दिइरहेको छ ।

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:१० मा प्रकाशित

Himalayan Life AD
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगु । यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा...

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

बैतडी । भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ ।...

मजदुरको हकहितमा भाषण गर्दागर्दै ढलेका मजदुर नेता गौतमको मृत्यु

मजदुरको हकहितमा भाषण गर्दागर्दै ढलेका मजदुर नेता गौतमको मृत्यु

भैरहवा (रुपन्देही) । उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै...

महालक्ष्मी आइएसओ २००९ : २०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी आइएसओ २००९ : २०१५ बाट पुनः प्रमाणित

काठमाडौँ । महालक्ष्मी विकास बैंक क अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त...

जङ्गलभित्र लगेर कारमा आगजनी

जङ्गलभित्र लगेर कारमा आगजनी

झापा । मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान...

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने...