back
CTIZAN AD

जङ्गलभित्र लगेर कारमा आगजनी

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

471 

shares

झापा । मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ ।

मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । उनले भने, “जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो ।

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १४:५० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...