back

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

225 

shares

बैतडी । भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहनुभएकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनकोे भिरबाट लडेर मृत्यु भएको जनाइएको छ ।

तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:१८ मा प्रकाशित

Himalayan Life AD
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगु । यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा...

मजदुरको हकहितमा भाषण गर्दागर्दै ढलेका मजदुर नेता गौतमको मृत्यु

मजदुरको हकहितमा भाषण गर्दागर्दै ढलेका मजदुर नेता गौतमको मृत्यु

भैरहवा (रुपन्देही) । उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै...

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा.लि. ले “पर्वको बेला टाटा जेन्युइन...

महालक्ष्मी आइएसओ २००९ : २०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी आइएसओ २००९ : २०१५ बाट पुनः प्रमाणित

काठमाडौँ । महालक्ष्मी विकास बैंक क अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त...

जङ्गलभित्र लगेर कारमा आगजनी

जङ्गलभित्र लगेर कारमा आगजनी

झापा । मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान...

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने...