back
CTIZAN AD

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ कात्तिक २६ बुधवार

2.3K 

shares

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन) ले भेटघाट तथा अंतरक्रिया कार्यक्रम संपन्न गरेको छ ।

नोभेम्बर ९ का दिन आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी केंद्रीय सचिवालय सदस्य शोभिता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा समाजका अभियन्ता तथा विभिन्न पार्टीमा आवद्व प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिकांश बक्ताहरूले पार्टी र सभापति रबी लामीछानेमाथी राजनीतिक प्रतिशोध राखी राज्यले अन्याय गरेको भन्दै दुःख व्यक्त गरेका थिए ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा अतिथि गौतमले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशका नेपाली बिकसित मुल्ुक, बिश्व शान्ति नोभेल पुरुस्कार वितरणकर्ता देशमा परिवारको साथ सुख सयलका साथ दिन बिताउँदा पनि देशको समग्र विकास र समृद्दिप्रति चासो र चिन्ता रहेको पाउँदा हर्ष व्यक्त गरेकी थिइन् ।

कार्यक्रमको पहिलो चरणमा झण्डै दुई घण्टाको अनौपचारिक कार्यक्रम र चिया कफी पश्चात अंतरक्रिया कार्यक्रम संपन्न गरिएको थियो ।

पहिलो चरणको अन्त्यमा नर्बेका सभापति जीवन उप्रेतीले कार्यक्रम सफलताको लागी उपस्थित सम्पूर्णमा आभार ब्यक्त गर्दै आगामी दिनमा सबैसंग हातेमालो गरी समाजसेवाका लागि सहयोगको अपेक्षा गरेको बताए । झण्डै १५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि गौतमले विभिन्न वक्ताहरूले जन्मभूमिप्रति राखेको चासो र जिज्ञासाको सम्बोधन गरेकी थिइन् ।

अतिथि गौतमले पार्टीको लोगो घंटी बजाई प्रारम्भ गरेको सम्बोधनको क्रममा सम्बृद्वी र विकासमा बिदेशमा रहेका नेपालीहरूको एकता र सामूहिक प्रयासद्वारा मात्र देशको हित हुनेमा जोड दिएकी थिइन् ।

पार्टीको प्रवास संगठनलाई संबोधन तथा यूरोपमा रहेका नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमपछि गौतम फिनल्यांड प्रस्थान गरेकी थिइन् ।

पार्टीको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी गौतमले आफना कार्यकर्तासँगको भेटमा पार्टीको निर्देशन र प्रवास नेपाली सम्पर्क विभागसँग समन्वय गर्दै वैज्ञानिक समिति गठन गर्ने र नेपालमा सहयोगका लागि सम्पूर्ण प्राविधिक व्यक्तिहरूलाई जोड्ने अवधारणालाई अघि बढाउने कुरा राखेको बताइएको छ ।

सो क्रममा गौतमले प्रवास विभागबाट बेंचमार्क’ निर्माण गर्ने काम औपचारिक रूपमा सुरु गरिएको बारे “सह–सचिव सरोज थापाले जानकारी गराएको दीर्घकालीन योजनाको प्रशंसा गर्दै धन्यवाद समेत गरेकी थिइन् ।

प्रबास विभागका सक्रिय सदस्य धर्मराज अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०५:४८ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...