back
CTIZAN AD

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

3.8K 

shares

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विद्यार्थी संगठनबीचको एकतालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित कार्यदल गठन गरेको छ।

अध्यक्ष विजयप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले एकताको प्रक्रिया अघि बढाउन दुईवटा कार्यदल बनाएको हो। बैठकले एकता समन्वयका लागि उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल गठन गरेको छ।

त्यस्तै संगठनात्मक पक्ष सुदृढ गर्न अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव सम्मिलित अर्को कार्यदल पनि बनाइएको छ।

बैठकले आगामी कार्यक्रमहरू तय गर्दै कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक र कात्तिक ३० गते आरआर क्याम्पसमा उपत्यकास्तरीय भेला गर्ने निर्णय गरेको छ।

सोमबार सम्पन्न बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत, फ्र्याक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंहको उपस्थिति रहेको थियो।

अखिल (क्रान्तिकारी)ले यो पहललाई वाम छात्र संगठनबीचको साझा मोर्चा निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १४:४३ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...