back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

वि.सं.२०८२ कात्तिक २६ बुधवार

663 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन्। उनले बुधबार एक वक्तव्य जारी गर्दै चार दलीय समाजवादी मोर्चाबाट आफ्नो पार्टी अलग भएको जानकारी दिएका हुन्।

विप्लवले जनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन्। वक्तव्यमा भनिएको छ,
‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो अवस्थामा वर्तमान स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्षमा हाम्रो पार्टी पुगेको छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँछौँ।’

२०७९ सालमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा गरी चार पार्टीको सहभागितामा समाजवादी मोर्चाको गठन भएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको सुधार र भ्रष्टाचारविरुद्धको संघर्षलाई प्रमुख उद्देश्य बनाइ मोर्चा स्थापना गरिएको थियो।

हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पार्टी एकता घोषणा गरी नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरिसकेका छन्। त्यहीबीच विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी नेतृत्वको समूह पनि उक्त एकता प्रक्रियामा सहभागी रहेको बताइएको छ।

विप्लवका अनुसार समाजवादी मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि समय र परिस्थितिको मागअनुसार तीव्र गतिमा काम गर्न कठिन भएको कारण पनि मोर्चाबाट अलग हुने निर्णय गरिएको हो।

 

वि.सं.२०८२ कात्तिक २६ बुधवार ११:४९ मा प्रकाशित

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...