काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् । उनले नयाँ अभियानमा जानका लागि रास्वपा त्यागे बताएका छन् ।
रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने भएका छन् ।
रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन् । तोसिमका कार्कीसहितका नेताले पार्टी छाड्ने चर्चा पनि चुलिएको छ ।
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १५:२६ मा प्रकाशित






























