back
CTIZAN AD

चार लाख खर्चेर गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

वि.सं.२०८२ मंसिर ४ बिहीवार

309 

shares

म्याग्दी । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ। गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका हुन् ।

गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन्। कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए ।

जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए ।

गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ। यसअघि २०७७ सालमा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो ।

शर्माका बुवा राधाकृष्ण पराजुलीले २०५५ सालमा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए ।

वि.सं.२०८२ मंसिर ४ बिहीवार १५:२३ मा प्रकाशित

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा (बाँके) । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...