back
CTIZAN AD

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

वि.सं.२०८२ मंसिर ८ सोमवार

543 

shares

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० लगभग– ४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा “गम्भीर“ अवस्था मानिएको छ ।

पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुदाँ मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या बढेको स्थानीय मिडियाले जनाएको छ ।

सावधानीका लागी दिल्लीका अधिकारीहरूले स्थानीयहरूलाई अत्यावश्यक नभए सम्म बाहिरी गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिँदै स्वास्थ्य सुझावहरु जारी गरेका छन् ।(रासस/सिन्ह्वा) 

वि.सं.२०८२ मंसिर ८ सोमवार १६:१३ मा प्रकाशित

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज...

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने...

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...