back

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १६ मंगलवार

549 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बौद्धिक क्षमता र निर्णय शक्ति बलियो देखिन्छ । विगतमा रोकिएको कुनै काम पुनः अघि बढ्ने संकेत छ । पारिवारिक सहयोगले ठूला काममा उत्साह थपिनेछ । आर्थिक पक्ष मजबुत हुँदै जानेछ, तर सानो–साना खर्च चाहिँ बढ्न सक्छ । कार्यक्षेत्रमा तपाईँको सुझाव र निर्णयलाई प्राथमिकता दिइनेछ । दिगो योजना सुरु गर्ने उत्तम समय छ । स्वास्थ्य सामान्य रहनेछ तर थकानले असर गर्न सक्छ, आराम पनि आवश्यक हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घर–परिवारमा जिम्मेवारी बढ्नेछ, तर त्यसले मनमा शान्ति पनि ल्याउनेछ । आर्थिक हिसाब मिलाउँदै अघि बढ्दा लाभदायी परिणाम पाइनेछ । कुनै पुरानो चिन्ता हट्नेछ र मन हलुका हुनेछ । काममा लगनशीलता बढ्नेछ र अरूको सहयोगले गति पनि आउनेछ । स्वास्थ्यमा सुधार आउने संकेत छ, तर खानपानमा ध्यान दिनु जरुरी हुनेछ । मित्रसँगको भेटघाटले उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज शुभ समाचार प्राप्त हुने सम्भावना बलियो छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा र मान्यता बढ्नेछ । लेखन, बोलिचाली, व्यवहार र निर्णयमा तपाईँको प्रभाव छर्लङ्ग देखिनेछ । व्यापार–व्यवसायमा गति आउनेछ र नयाँ अवसर प्राप्त हुनेछ । पारिवारिक वातावरण खुशनुमा रहनेछ । प्रेम सम्बन्धमा पनि निकटता बढ्ने हुन्छ । यात्राको योग बनेको छ, छोटो यात्रा शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका कामहरू बिस्तारै पूर्ण हुँदै जानेछन् । घर परिवारमा मेलमिलाप र सद्भाव बढ्नेछ । आर्थिक पक्षमा सामान्य उतारचढाव भए पनि अन्त्यमा लाभ नै हुनेछ । आज आफ्नो प्रतिभा र क्षमताको सही प्रयोग गर्न सके ठूलो उपलब्धि हात पर्न सक्छ । सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ । स्वास्थ्य सामान्य रहला तर तनावका कारण राति निद्रा प्रभावित हुन सक्छ, ध्यान–योग उपयोगी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्य प्रबल छ, नयाँ अवसर प्राप्त हुने दिन हो । कार्यक्षेत्रमा तपाईँको प्रगति देखिनेछ र अरूले समेत प्रशंसा गर्नेछन् । पुराना गल्ती सुधार्ने मौका मिल्नेछ । आर्थिक रूपमा लाभदायी दिन छ, रोकिएको रकम फिर्ता आउने सम्भावना छ । परिवारका सदस्यसँगको सम्बन्ध प्रगाढ हुनेछ । यात्रा लाभदायी हुनेछ । स्वास्थ्यमा सानोतिनो समस्या आए पनि ठूलो केही होइन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको दवाब केही बढे पनि धैर्य र अनुशासनले राम्रो परिणाम दिनेछ । पारिवारिक काममा समय बित्नेछ । सामाजिक वा धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने सम्भावना छ । आर्थिक पक्षमा सावधानी आवश्यक छ, अनावश्यक खर्च नराख्नु राम्रो हुन्छ । साथीभाइले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । मानसिक शान्ति पाउने काम आज हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयास अनुसार उपलब्धि पाइनेछ, विशेष गरी आर्थिक क्षेत्रमा लाभ आउनेछ । व्यापार–व्यवसाय विस्तार गर्ने योजना छ भने आज शुभ संकेत छ । पारिवारिक वातावरण रमाइलो छ, सम्बन्धमा स्पष्टता र अपनत्व बढ्नेछ । सामाजिक काममा सहभागी हुँदा मान–सम्मान पाइनेछ । आज सानो यात्रा वा घुमफिरको योजना पनि बन्न सक्छ । स्वास्थ्य सामान्य रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ बलियो देखिन्छ, रोकिएको रकम फिर्ता हुन सक्छ । कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ तर त्यसको फल पनि राम्रो नै आउनेछ । घर–परिवारमा खुसीयाली छाउने छ । प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ । नयाँ काम सुरु गर्ने सोच भए आजकाे दिन सहयोगी छ । स्वास्थ्य राम्रो रहनेछ, ऊर्जा र उत्साह दिनभर कायम रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
नयाँ अवसर, नयाँ साथी वा नयाँ परियोजनाको संकेत छ । तपाईँको मेहनतलाई सबैले स्वीकार्नेछन् । परिवारभित्रबाट पूर्ण समर्थन मिल्नेछ र मन प्रशन्न हुनेछ । आर्थिक लाभ बलियो छ, व्यापारमा मनग्य आम्दानी हुन सक्छ । यात्रा शुभ हुनेछ र भेटघाटले सम्बन्ध मजबुत बनाउनेछ । स्वास्थ्य सामान्य, ऊर्जा यथेष्ठ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो परिश्रमको राम्रो प्रतिफल पाइने दिन हो । काममा प्रगति भएकैले मनमा आत्मविश्वास बलियो बन्नेछ । परिवारभित्र मतभेद हट्नेछ र वातावरण सहज हुनेछ । आर्थिक पक्ष सुधारिँदै जानेछ । सानो–सानो खर्च बढ्न सक्छ तर ठूलो समस्या भने हुँदैन । स्वास्थ्य सामान्य, तनाव भने घटाउँदै लग्नु उचित हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज दिन सकारात्मक छ । विभिन्न क्षेत्रमा सफलता देखिन्छ । मित्र र शुभचिन्तकहरूको सहयोगले काम अघि बढ्नेछ । आर्थिक रूपमा लाभदायी दिन छ — नयाँ आम्दानीको स्रोत पनि भेटिन सक्छ । पारिवारिक र सामाजिक सम्बन्ध मजबुत बन्नेछ । अधुरो काम पूरा गर्ने राम्रो अवसर छ । स्वास्थ्य ठीक रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठा र मान–सम्मान बढ्ने दिन हो । नेतृत्व क्षमता प्रकट हुनेछ । दिगो काम थालनी गर्न अनुकूल समय छ । आर्थिक रूपमा धन लाभ छ, नयाँ अवसरले फाइदा बढाउनेछ । परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ । पुराना साथीभाइ पुनः नजिकिन सक्छन् । स्वास्थ्य सामान्य, मन प्रसन्न रहनेछ ।

मिति : २०८२ मङ्सिर १६ गते, मंगलबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०७:५३ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...