काठमाडौँ । एनआई सी एशिया बैंकका लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाली सकेका अग्रवाललाई यहि पौषको नौ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्तपदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिईसकेका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएका अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याउनु भएको छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थपउचाई प्राप्तगर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँशिखरमा पु¥याउने दृढ विश्वास लिएको छ ।
वि.सं.२०८२ पुस १० बिहीवार १६:२७ मा प्रकाशित




























