back
CTIZAN AD

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

वि.सं.२०८२ पुस ११ शुक्रवार

3.4K 

shares

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् ।

महासचिवमा प्रवर्ता पन्थी गैह्रे,सचिवमा नारायण सुवेदी र कोषाध्यक्षमा युवराज खनाल, युवा संयोजकमा मदन कँडेल र महिला संयोजकमा निर्मला सापकोटा ‘निरु’ चयन भएकी छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा जीवनहरी काफ्ले, प्रकाश काफ्ले, एम। कुमार लिम्बु, सुरज श्रेष्ठ, शालिकराम ढुंगाना, राम बहादुर पुन, सिम बहादुर गुरुङ, ओमकार थापा, पुष्पा तामाङ, धन बहादुर तामाङ, भेषराज सापकोटा र रबिन उपाध्याय चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष परियारले शुभकामना मन्तव्य दिँदै नेपाली समाज पोर्चुगल सामाजिक संस्था भएकाले राजनीतिलाई संस्थाको दायराबाहिर राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले प्रवासमा रहे पनि जन्मभूमिलाई कहिल्यै नबिर्सने बताउँदै देशलाई अप्ठेरो परेको बेला आपसी सहयोगमार्फत योगदान दिँदै आएको उल्लेख गरे। “२५/२७ कार्यकालका लागि हामीलाई दिएको जिम्मेवारीप्रति सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । विगतभन्दा फरक र समाजले देख्ने तथा महसुस गर्ने खालका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।

अधिवेशनकी प्रमुख अतिथि एनआरएनए नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली समाज पोर्चुगल–नर्वेले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

अधिवेशनमा नर्वेमा रहेका पोर्चुगलबासी नेपालीहरू तथा विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । निर्वाचन समितिका अनुसार हाल नेपाली समाज पोर्चुगल (नेपोस) मा १५ सय  कुल सदस्यमा १९२ जना पंजिकृत सदस्य छन् ।

 

वि.सं.२०८२ पुस ११ शुक्रवार ०८:२२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...