back
CTIZAN AD

‘ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर’

वि.सं.२०८२ पुस ११ शुक्रवार

708 

shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उनले बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले आज दिनुभएको शुभकामना सन्देशमा ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गरेका छन् । उनले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।

“ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसबाट ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको छ”, मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ ।

आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री आचार्यले बताएका छन् । साथै उनले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०८२ पुस ११ शुक्रवार १०:१५ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...