back

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

वि.सं.२०८२ पुस २९ मंगलवार

192 

shares

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।

गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए ।

उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देश्यले गएको तीन वर्षदेखि यहाँबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिँदै आएको छ । यहाँबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यही माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको अध्यक्ष बस्न्यातले बताए ।

“माघी पर्वको अवसरमा प्राचीनकालदेखि नै गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन थियो, तर २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो”, उनले भने । पुनः सुरु गरिएको खिचडी यात्राले हराउँदै गएको परम्परालाई जगेर्ना गर्न मद्दत पुगेको अध्यक्ष बस्न्यातको भनाइ छ । परम्पराअनुसार गोरखाबाट लगिएको खिचडी गोरखपुरस्थित उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा लगेर चढाइने गरिन्छ । खिचडी चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायत खाद्यवस्तु मिसाएर बनाइन्छ ।

गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा लिएर गएको खिचडी उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन ब्रम्ह्मूहुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उनले बताए । ‘खिचडी यात्रा’मा करिब ५० जनाको टोली गोरखपुरतर्फ प्रस्थान गरेको हो । यात्राले दुई देशबीचको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोगाउन थप सहयोग पुग्ने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए।

खिचडी पुर्याउने परम्पराको पुनः थालनीसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध थप बलियो हुँदै जाने र यसले गोरखा जिल्लामा लाखौँ धार्मिक पर्यटकसमेत भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

वि.सं.२०८२ पुस २९ मंगलवार १२:५६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...