back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस २६ शनिवार

1.7K 

shares

पुष्पा नेपाल सुवेदी ‘पुष्पाञ्जलि ‘-झापा

दिँदा प्रेम सच्चा झुटो हो नभन्नू
निसानी छ दिलमा तगारो नभन्नू

घरी जम्छ जीवन घरी पग्लिदै छ
बनी शीत उसले रुझायो नभन्नू

सिँचे सिर्जनाको कुसुम फुल्न सक्छ
हृदयभित्र खाली छ पानो नभन्नू

सयौँ बिघ्न पर्छन् झरी पर्छ कहिले
हिँडौँ प्रीत पथमा उकालो नभन्नू

हुँदा दूर दुख्छ भुवाझैँ कोमल मन
झरे आँसु छेकिन्छ बाटो नभन्नू

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : ओ
रदिफ : नभन्नू

वि.सं.२०८२ पुस २६ शनिवार ०५:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...