back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस २६ शनिवार

1.5K 

shares

कृष्णप्रसाद गौतम, इटहरी–५, सुनसरी

दुनियाँ बदल्छु भन्ने छैनन् स्वयम् बदल्दै
छन् छद्म भेषमा जो हिँड्छन् तिनै टहल्दै

तारा झरे अँध्यारो भाग्यो बिहान आयो
बादल बढ्यो अचानक दिन भो उराठ गल्दै

फुल्छन् हजार स्वप्न मनका कुना कुनामा
आडम्बरीहरू छन् सद्भावना हुँडल्दै

आहान सुन्छु यौटा लुसिफर नरक गिरेको
त्यस्तै बेताल सत्ता जाँदै छ आज ढल्दै

आऊ वसन्त फर्की बढ्दै गयो तुसारो
हेमन्तले दुखायो झुप्राहरू पिरल्दै ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलु फाइलातुन् मफ्ऊलु फाइलातुन्
वतन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : अल्दै
रदिफ :०
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ पुस २६ शनिवार ०५:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...