back
CTIZAN AD

कविता : विगतकै छ सिको अझ वृद्धको

वि.सं.२०८२ पुस २६ शनिवार

1.5K 

shares

दीनानाथ पोखरेलसुम्बेक, इलाम

अगतिलो गति भोग्न परेपछि ।
वितलले तल ठेल्छ डरेपछि ।।
उदरमा दर राख्न त भुल्छ को ?
विगतकै छ सिको अझ वृद्धको ।।०१।।

विभव यो भवमा अति फैलियो।
विभवले भवको मति मैलियो ।।
पहल होस् हल गर्न विचारको ।
विगतकै छ सिको अझ वृद्धको ।।०२।।

अभय होस् भयको गति बन्द होस् ।
अकृतका कृतको पथ दूर होस् ।।
नियम होस् यमतुल्य प्रभावको ।
विगतकै छ सिको अझ वृद्धको ।।०३।।

रहरले हरकर्म हुँदै गरून् ।
अभरमा भर गर्न सबै खटून् ।।
समय होस् सम साधक बुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ।।०४।।

अजुट दुष्ट छ यो जुट यत्नले ।
बगरमै गर कर्म प्रयत्नले ।।
अमन यो मन बन्न दिँदैन जो ।
विगतकै छ सिको अझ वृद्धको ।।०५।।

छन्द: द्रुतविलम्बित
गण : न भ भ र
सङ्केत :  III   SII   SII   SIS

वि.सं.२०८२ पुस २६ शनिवार ०५:४४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...