back
CTIZAN AD

कविता : नेता चुनावी पस

वि.सं.२०८२ पुस २६ शनिवार

789 

shares

रामशरण न्यौपाने “पाँचघरे”
दुबुलाँपू, भक्तपुर

के भो उत्तम काम लोकहितमा लेखो लगाई भन
को को धेर धनी भए मुलुकमा के फेरियो जीवन
बोक्रा मात्र दियौ समस्त जनमा खाएर आफू रस
बस्तीमा पहिरेर ढाल गतिलो नेता चुनावी पस ।१।

भ्रष्टाचार विशाल केस खुनका कल्ले लुकायो भन
अत्याचार गरेर राष्ट्र धनको कल्ले ग¥यो उल्झन
लाटो छैन समाज जागृतबनी हाल्छन् समाती नस
बस्तीमा पहिरेर ढाल गतिलो नेता चुनावी पस ।२।

खोज्दा काम नपाइ देश भरका लाखौँ युवा खेदिए
नेताले जनता र देश हितमा राम्रा कुरा के दिए?
गर्छन् प्रश्न सबै जुटेर अहिले औँला ठड्याई दश
बस्तीमा पहिरेर ढाल गतिलो नेता चुनावी पस ।३।

लोभी स्याल भनेर चिन्छ सबले खाएर बस्ने बिलो
आफन्ती जनमा र दास जतिमा बाँडेर बस्ने टिलो
भाग्नै पर्छ कतै प्रताडित बनी चिल्लो घुँडामा घस
बस्तीमा पहिरेर ढाल गतिलो नेता चुनावी पस ।४।

थैलोमा भुसको परेर दुनियाँ रोई बिताए दिन
अत्याचार सहेर योविधि अझै बस्ने यहाँ को किन?
लाठोले अब हान्दछन् मनुजले बाँकी नराखी कस
बस्तीमा पहिरेर ढाल गतिलो नेता चुनावी पस ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ पुस २६ शनिवार ०५:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...