back
CTIZAN AD

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

वि.सं.२०८२ माघ २ शुक्रवार

1.2K 

shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा पार्टी विधानअनुसार भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन वैधानिक रहेको निष्कर्ष निकाल्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो। यससँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू कार्यान्वयनयोग्य हुने भएका छन्।

विशेष महाधिवेशनलाई अमान्य ठहर गर्नुपर्ने भन्दै शेरबहादुर देउवा समूहले पेश गरेको दाबी आयोगले अस्वीकार गरेको छ। आयोगको निर्णयसँगै देउवा नेतृत्वको पुरानो कार्यसमिति स्वतः निष्क्रिय भएको छ।

अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य संगठनात्मक निर्णय तथा गतिविधिहरू गगन–विश्व समूहको नेतृत्वमा हुनेछन्, जुन आधिकारिक रूपमा मान्य हुने आयोगले जनाएको छ।

यद्यपि निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालतमा जाने कानुनी बाटो भने खुला नै रहेको छ।

वि.सं.२०८२ माघ २ शुक्रवार १९:५५ मा प्रकाशित

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...