काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले बढेको छ । आज नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री हुदा आज ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको कारोबरा भएको छ ।सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
नेप्सेमा कारोबार भएका समूहहरुमा विकास बैंक ०.४१, जलविद्युत् ३४.२४, लगानी ०.०४, सामूहिक लगानी कोष ०.०८, निर्जीवन बीमा १०.७७, अन्य १८.३५ र व्यापार समूह ३६.३६ अंकले बढेका छन् । तर बैंकिङ १.९४, वित्त ७.०५, होटल ३४.१०, जीवन बीमा २२.१, उत्पादनमूलक २१.२१ र लघुवित्त समुह ९.९२ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी बढ्नेमा थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० र दोर्दीको ९.३८ प्रतिशत बढेको छ भने सबैभन्दा धेरै घट्नेमा रसुववागढी जलविद्युत् कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ ।
वि.सं.२०८२ पुस २९ मंगलवार १५:५५ मा प्रकाशित

























