back
CTIZAN AD

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ पुस २९ मंगलवार

384 

shares

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले बढेको छ । आज नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री हुदा आज ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको कारोबरा भएको छ ।सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबार भएका समूहहरुमा विकास बैंक ०.४१, जलविद्युत् ३४.२४, लगानी ०.०४, सामूहिक लगानी कोष ०.०८, निर्जीवन बीमा १०.७७, अन्य १८.३५ र व्यापार समूह ३६.३६ अंकले बढेका छन् । तर बैंकिङ १.९४, वित्त ७.०५, होटल ३४.१०, जीवन बीमा २२.१, उत्पादनमूलक २१.२१ र लघुवित्त समुह ९.९२ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी बढ्नेमा थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० र दोर्दीको ९.३८ प्रतिशत बढेको छ भने सबैभन्दा धेरै घट्नेमा रसुववागढी जलविद्युत् कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ ।

 

 

 

वि.सं.२०८२ पुस २९ मंगलवार १५:५५ मा प्रकाशित

नेप्से परिसूचक बीस अङ्कले घट्यो

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...