back
CTIZAN AD

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको अग्रसरता: ‘सिप्रदी सहायता’ मार्फत आर्थिक सहयोग प्रदान

वि.सं.२०८२ पुस ३० बुधवार

588 

shares

काठमाडाैँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि. का ‘टाटा गुरु’  सुभाष शर्मा यतिबेला गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत हुनुहुन्छ। ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप र दक्षतामार्फत योगदान पुर्‍याउँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ।

चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्यमा देखिएको जटिलताका कारण दीर्घकालीन उपचारको आवश्यकता परेको छ, जसले गर्दा उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ।

यस संवेदनशील घडीमा सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ‘सिप्रदी सहायता’ मार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गरिसकेको छ। संस्थाले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि देखाएको यो तत्परताले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय पक्षलाई उजागर गरेको छ।

शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि यो कठिन समयमा अन्य सहयोगी मनहरू, विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समेत मानवीय संवेदनाका आधारमा यथोचित सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।

 

वि.सं.२०८२ पुस ३० बुधवार १२:५५ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...