back
CTIZAN AD

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

वि.सं.२०८२ पुस ३० बुधवार

645 

shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत एसएमएसमा आधारित सेवामार्फत प्रवाह भइरहेका राजनीतिक प्रकृतिका सन्देशहरू रोकिएको स्पष्ट पारेको छ। कम्पनीले केही सेवा प्रदायकहरूले आफ्नो व्यापारिक व्यवस्थाभन्दा फरक राजनीतिक सन्देशहरू नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा प्रवाह गरिरहेको पाइएको जनाउँदै उक्त कदम चालिएको जनाएको छ।

नेपाल टेलिकमले विभिन्न व्यापारिक तथा सेवा प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न सेवा प्रदायकहरूलाई स्वीकृति दिँदै आएको भए पनि सेवा प्रदायकका व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण आफूले उपलब्ध नगराएको स्पष्ट गरेको छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार सम्बन्धित सेवा प्रदायकहरूले जातीय, वर्गीय, धार्मिक, सामाजिक तथा राजनीतिक सद्भावमा खलल पुर्‍याउने खालका सन्देशहरू प्रवाह गरिरहेको पाइएको छ। यस्तो गतिविधि आम नागरिकका लागि संवेदनशील र आपत्तिजनक हुन सक्ने भन्दै नेपाल टेलिकमले आगामी दिनमा यस्ता सन्देश सर्वसाधारणमा प्रवाह नगर्न सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयतालाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि गोपनीयताको सम्मान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कम्पनीले सेवाग्राहीको हित, सामाजिक सद्भाव र जिम्मेवार सञ्चार प्रणालीको प्रवर्द्धनमा आफू प्रतिबद्ध रहेको समेत जनाएको छ।

 

वि.सं.२०८२ पुस ३० बुधवार १२:५२ मा प्रकाशित

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...