काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा आम संचार (मास कम्युनिकेशन) र डेभलपमेन्ट कम्युनिकेशन विषयको पढाइ सुरु गरेको छ ।
जोरपाटीमा रहेको उक्त कलेज अन्तर्गत सञ्चालन हुने सिजेएमसी कार्यक्रमले शैक्षिक सत्र २०२६–२०२७ का लागि भर्ना पक्रिया समेत अगाडि बढाइसकेको कलेजका प्रमुख दिपेश राज आर्चायले संसारन्युजलाई जानकारी दिए । आचार्यका अनुसार कलेजले स्नाकोत्तर तहमा यी दुवै विषय समावेश गरिएको हो ।
कलेजले स्थानीय सरकारको सिफारिसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विशेष सहुलियत प्रदान गरिने व्यवस्था समेत गरेको छ । साथै पुष महिनाभित्रै भर्ना हुने गोकर्णेश्वर, कागेश्वरी र शंखरापुर नगरपालिकाका विद्यार्थीलाई ५० प्रतिशत छात्रावृत्ति प्रदान गरिने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए ।
कलेजले संचालन गरेको यस नयाँ कार्यक्रमले गोकर्णेश्वर नगरपालिका आसपास क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षामा सहज पहुँच पुग्ने विश्वास लिएको छ ।
पत्रकारिता संचार, विकास र सामाजिजक परिवर्तनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ । थप जानकारीका लागि ०१–४९११३६६ वा ०१–४९११३६७ गर्न सकिने कलेजले जानकारी दिएको छ ।
वि.सं.२०८२ पुस ३० बुधवार १७:५७ मा प्रकाशित






























