back

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

वि.सं.२०८२ माघ २ शुक्रवार

489 

shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा पार्टी विधानअनुसार भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन वैधानिक रहेको निष्कर्ष निकाल्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो। यससँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू कार्यान्वयनयोग्य हुने भएका छन्।

विशेष महाधिवेशनलाई अमान्य ठहर गर्नुपर्ने भन्दै शेरबहादुर देउवा समूहले पेश गरेको दाबी आयोगले अस्वीकार गरेको छ। आयोगको निर्णयसँगै देउवा नेतृत्वको पुरानो कार्यसमिति स्वतः निष्क्रिय भएको छ।

अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य संगठनात्मक निर्णय तथा गतिविधिहरू गगन–विश्व समूहको नेतृत्वमा हुनेछन्, जुन आधिकारिक रूपमा मान्य हुने आयोगले जनाएको छ।

यद्यपि निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालतमा जाने कानुनी बाटो भने खुला नै रहेको छ।

 

वि.सं.२०८२ माघ २ शुक्रवार १९:५५ मा प्रकाशित

Himalayan Life AD
महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...