back
CTIZAN AD

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ९ शुक्रवार

726 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्ने दिन हो । कामकाजमा देखिएको अन्योल हट्दै जानेछ । नयाँ काम सुरु गर्ने सोच छ भने समय अनुकूल छ । परिवारको साथ–समर्थनले मन उत्साहित रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा सावधानी अपनाउनुपर्ने दिन हो । खर्च बढ्ने सम्भावना छ । धैर्यका साथ अघि बढ्दा कामकाजमा स्थिरता आउनेछ । स्वास्थ्यमा खानपानमा ध्यान दिनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलिचाली र भेटघाटबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीमा संयम राख्दा राम्रो परिणाम आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा सन्तुलन कायम रहनेछ । घरपरिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन हो । कामकाजमा सामान्य प्रगति देखिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने संकेत छन् । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । आत्मविश्वास बलियो रहनेछ । अहंकारबाट जोगिनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको दिन हो । साना काममा अल्झनु पर्ला तर निरन्तर प्रयासले राम्रो नतिजा आउनेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य जीवनमा आपसी विश्वास बढ्नेछ । आर्थिक निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्क रहनु उपयुक्त हुन्छ । धैर्य र विवेक अपनाउँदा परिस्थिति अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ योजना र सकारात्मक समाचार पाउने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । भविष्यप्रति आशा बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ ।

२०८२ माघ ९ गते, शुक्रबार

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ ९ शुक्रवार ०७:०७ मा प्रकाशित

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान...

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर...