back

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

वि.सं.२०८२ माघ १२ सोमवार

240 

shares

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।

उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिनुभयो । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गर्नुभयो ।

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

वि.सं.२०८२ माघ १२ सोमवार ०७:२५ मा प्रकाशित

Himalayan Life AD
दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३...

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

सियोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच...

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

दमौली (तनहुँ) । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना...

युवा सङ्घको अध्यक्षमा गुरुङ

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम...

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी । निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा...