back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ १२ सोमवार

771 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा नयाँ उत्साह देखिने दिन हो । अड्किएका काम अघि बढ्न सक्छन् । आत्मविश्वास बढ्नेछ । परिवारको साथ–समर्थनले मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सामान्य रहे पनि खर्च सोचविचार गरेर गर्नु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धैर्य र संयम आवश्यक पर्ने दिन हो । घरायसी जिम्मेवारीले समय लिन सक्छ । आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्छ, सतर्क रहनुहोस् । स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराममा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट, संवाद र सञ्चारबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ । लेखन, पत्रकारिता र बौद्धिक काममा सफलता मिल्ने संकेत छन् । आत्मविश्वास उच्च रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा संवेदनशील दिन हो । घरपरिवारसँग समय बिताउँदा मन हलुका हुनेछ । कामकाजमा सामान्य प्रगति देखिनेछ । अनावश्यक चिन्ता नगर्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । अहंकारभन्दा सहकार्यलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम धेरै गर्नुपर्ने दिन हो । साना काममा अल्झनु पर्ला तर निरन्तर प्रयासले राम्रो नतिजा आउनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ, सचेत रहनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन आवश्यक पर्ने दिन हो । दाम्पत्य जीवनमा संवाद र समझदारी बढ्नेछ । आर्थिक निर्णय गर्दा सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्क रहनु उपयुक्त हुन्छ । धैर्य र विवेकले काम गर्दा परिस्थिति बिस्तारै अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ योजना र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ र भविष्यप्रति आशा जाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता आउने संकेत छन् । परिश्रमको उचित मूल्यांकन हुनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलता बलियो रहने दिन हो । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको साथले मन उत्साहित रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा विवेक अपनाउनु राम्रो हुन्छ ।

२०८२ माघ १२ गते, सोमबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ माघ १२ सोमवार ०७:२१ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...