back

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

वि.सं.२०८२ माघ १४ बुधवार

138 

shares

धनकौल (सर्लाही) । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् ।

मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहेका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु । तपाईँको नेता नभई बेटा (छोरा) बन्न सर्लाही आएको हुँ । तपाईँहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माणलगायतका काममा समर्पित हुनेछु ।”

आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि यहाँ आएकाले माया पाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ अन्तर्गत प्रदेश ‘ख’ को प्रदेशसभाका उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, २ का वडाध्यक्ष अजयप्रसाद शाह, ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितसहितका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनका यही माघ १६ गते शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

वि.सं.२०८२ माघ १४ बुधवार १५:२८ मा प्रकाशित

Himalayan Life AD
दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३...

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

सियोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच...

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

दमौली (तनहुँ) । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना...

युवा सङ्घको अध्यक्षमा गुरुङ

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम...

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी । निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा...