back
CTIZAN AD

जुम्लाका उत्पादन पूर्वी नेपालसम्म पुर्याउँदै तीर्थबहादुर

वि.सं.२०८२ माघ १४ बुधवार

672 

shares

भद्रपुर (झापा) । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थायी बासिन्दा तीर्थबहादुर तिरुवाले पूर्वी तराईका जिल्लामा कर्णालीका पहिचान बोकेका उत्पादन पु¥याउँदै आएका छन.् ।

झोलाभित्र सिलाजित, केसर, यार्सागुम्बा, हिमाली तेल, मार्सी चामललगायत जुम्लासहित कर्णालीका पहिचान बोकेर उनी झापाको काँकडभिट्टाबाट सुनसरीको इटहरीसम्मका बजार, गाउँबस्ती, कुनाकन्दरामा पुग्छन् । तीर्थका लागि यो झोला केवल सामान बोक्ने साधन होइन, यो उहाँको जीविकोपार्जन, आत्मसम्मान र सपना बोकेको संसार हो ।

तीर्थ आजभोली झापाको बिर्तामोडमा डेरा गरी सात जना साथीसँग बस्दै आउनुभएको छ । सबैजना जुम्लाकै उत्पादन बोकेर व्यापार गर्ने साथीहरू हुन् । कसैले राडी,पाखी बेच्छन्, कसैले अल्लोका कपडा, कसैले हातले बुनेका गलैँचा, कसैले खाकी (दाउरा, सुरुवाल), तीर्थको झोलामा भने जडीबुटीको सुवास मिसिएको हुन्छ ।

“यो व्यापार थालेको करिब १२ वर्ष भयो”, उनले भने, “तर पूर्वी तराईमा आएर गर्न थालेको सात वर्ष पुग्यो ।”, पहिलेपहिले उहाँ बागलुङ, बेनी, पाल्पा, बुटवललगायत पहाडी र मध्य तराईका क्षेत्र घुमे । एकपटक साथीहरूको सल्लाहमा पूर्वी नेपाल आएको बताउँदै उनले भने, “यहाँ बजार राम्रो रहेछ, मानिसहरू नयाँ कुरा चाख्न चाहन्छन् । सात वर्षयतादेखि व्यापारका लागि अन्यत्र जानु परेको छैन ।”

तीर्थको जीवन मौसमीयामसँगै घुम्छ । गर्मी याम (साउन र भदौ) उहाँका लागि व्यापारको सुनौलो समय हो । यही बेला ताजा यार्सागुम्बा बिक्रीमा आउँछन् । “यार्सा ताजा नै खोज्छन् मानिसहरू”, उनले भने, “त्यसैले उक्त समयमा बिक्री राम्रो हुन्छ ।”

जाडो याम (मङ्सिरदेखि चैत) मा तीर्थको पूर्वी तराईमा समय बित्छ । चैतमा मात्रै सबै सामान सकेर घर फर्किने उनको नियमजस्तै बनेको छ । “कहिले व्यापार राम्रो हुन्छ, कहिले दिनभर हिँड्दा पनि हात खाली हुन्छ । व्यापार भएको दिन दुःख बिर्सिदोरहेछ”, उनले भने, “आज बिक्री भएन भने भोलि हुन्छ भन्ने भरोसा आफूमा हुनुपर्छ ।”

जुम्लाबाट ल्याइने जडीबुटी र अन्य सामान बेचेर तीर्थले वार्षिक दुवै याममा सबै खर्च कटाएर करिब रु आठ लाखसम्म आम्दानी हुने जानकारी दिए । “यो रकम सानो होइन, विशेषगरी आफ्नै देशमा, आफ्नै पसिनाले कमाएको हो । विदेश जानुभन्दा आफ्नै देशमा व्यापार गर्दा स्वतन्त्रता महसुस हुन्छ”, उनले अनुभव सुनाए, “कोही मालिक छैन, कोही गाली गर्ने छैन ।”

यो काममा सहजता भने नभएको तीर्थको बुझाइ छ । गाउँका धेरै युवाजस्तै तीर्थ पनि कुनै समय भारत जान बाध्य हुनुभयो । उत्तर प्रदेश, हरियाणा, पञ्जाब, हिमाञ्चल आसपासका क्षेत्र उनका लागि सङ्घर्षका मैदान बनेका थिए । “भाषा बुझ्दैनथेँ, भारतीयहरूले हेप्थे”, उनले विगत सम्झँदै भने, “सामान चोरी हुने डर, खान–बस्न समस्या, धेरै अपमान सहनुप¥यो ।”

विसं २०७० देखि सुरुका चार वर्षको हिउँद उहाँले भारतमा विताए । त्यहाँ गरेको सङ्घर्षले उनलाई आत्मनिर्भर बन्ने आँट दियो । “त्यहाँको दुःखले मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सिकायो”, तीर्थले भने । पूर्वी तराईमा अहिले तीर्थका नियमित ग्राहक पनि छन् । कोही मार्सी चामल खोज्दै आउँछन्, कोही सिलाजित । अझै पनि धेरै ग्राहक हिँड्दाहिँड्दै भेटिने उनले बताए । “नयाँ मानिससँग कुरा गर्न रमाइलो लाग्छ”, उनले भन्छन्, “कर्णालीका बारेमा सुनाउँदा उनीहरूले चासोका साथ सुन्न्नुहुन्छ र सामान किनिदिएर सहयोग पनि गर्नुहुन्छ ।”

यो व्यापारबाट तीर्थ एकदमै सन्तुष्ट छन् । उनका लागि यो केवल पैसा कमाउने माध्यम होइन, जुम्लाको पहिचान बोकेर देशका कुनाकाप्चामा पुग्ने अवसर पनि हो । आज भद्रपुरको गल्लीमा तीर्थ झोला बोकेर अघि बढ्दै छन् । भोलि उनी उर्लाबारीतिर लाग्नुहोला, पर्सि फेरि कुनै नयाँ बस्तीमा । तर जहाँजहाँ तीर्थ पुग्नुहुन्छ त्यहाँ जुम्लाको माटोको गन्ध, कर्णालीको पसिना र आत्मनिर्भरताको सन्देश पनि सँगै पुग्नेछ ।

वि.सं.२०८२ माघ १४ बुधवार १५:२३ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...