back
CTIZAN AD

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

वि.सं.२०८३ साउन २४ आइतवार

12 

shares

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies (IATS) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गर्न सरकारले रोक लगाएपछि अब भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको छ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको Himalaya Centre for Asian Studies तथा Centre for Buddhist Studies को सहआयोजनामा अगस्ट २३ देखि २६, २०२६ सम्म काठमाडौंमा सम्मेलन गर्ने तयारी गरिएको थियो। सम्मेलनमा विभिन्न देशका तिब्बत अध्ययनसम्बन्धी अध्येता, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू सहभागी हुने तयारी थियो।  IATS को बोर्डले निर्धारित समयमै सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।

तर नेपाल सरकारका उच्च अधिकारीहरूले सम्मेलन आयोजना नगर्न आग्रह गरेपछि काठमाडौं विश्वविद्यालयले सहआयोजकको भूमिकाबाट पछि हटेको आयोजकहरूले बताएका छन्। सरकारको निर्देशनपछि नेपालमा भौतिक रूपमा सम्मेलन गर्न नसकिने जानकारी आयोजकलाई मौखिक रूपमा दिइएको भए पनि अहिलेसम्म सरकारबाट औपचारिक लिखित निर्णय भने प्राप्त नभएको बताइएको छ।

 

आयोजक पक्षका अनुसार नेपाल सरकारका उच्च अधिकारीहरूले कार्यक्रम नगर्न आग्रह गरेका थिए, तर त्यसको स्पष्ट कारण दिइएन। सम्मेलनमा तिब्बतसम्बन्धी अध्ययन, इतिहास, संस्कृति, धर्म, समाज, भाषा तथा अन्य शैक्षिक विषयमा छलफल हुने तय भएको थियो।

नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण तथा रणनीतिक सम्बन्ध रहँदै आएको छ। नेपालले आफ्नो भूमिबाट चीनविरुद्ध हुने कुनै पनि पृथकतावादी वा राजनीतिक गतिविधिलाई अनुमति नदिने नीति लिँदै आएको छ।

तिब्बतको विषय चीनका लागि अत्यन्त संवेदनशील विषय हो। त्यसैले नेपालमा तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने विषयमा चीनले चासो राखेको हुन सक्ने अनुमान गरिएको छ।

 

वि.सं.२०८३ साउन २४ आइतवार १३:०९ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...