back

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

वि.सं.२०८२ माघ १५ बिहीवार

168 

shares

भक्तपुर । यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।

कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाकोे ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीका राखिएको उनले जानकारी दिए ।

वि.सं.२०८२ माघ १५ बिहीवार १३:४७ मा प्रकाशित

Himalayan Life AD
दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३...

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

सियोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच...

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

दमौली (तनहुँ) । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना...

युवा सङ्घको अध्यक्षमा गुरुङ

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम...

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी । निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा...