back
CTIZAN AD

बागलुङमा मानव अधिकार उल्लङ्घन बढ्दो

वि.सं.२०७४ असार १ बिहीवार

957 

shares

१ असार,  बागलुङ । बागलुङमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१७) ले त्यस्तो देखाएको हो । यसअनुसार सन् २०१५ को तुलनामा २०१६ मा मानव अधिकारको अवस्था झन् बिग्रिएको उल्लेख छ ।

सन् २०१५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट २५ महिलासहित २७ जना पीडित थिए भने गत वर्ष ५७ महिलासहित ५९ जना पीडित भए । बाल अधिकारसम्बन्धी ११, हत्या दुई र महिला अधिकारसम्बन्धी घटनाबाट ४६ गरी कुल ५९ जना व्यक्ति पीडित बनेका थिए ।

गत वर्ष बालअधिकार उल्लङ्घनका घटनामा ११ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो । ती घटनामा पाँच बालिका बलात्कृत भए भने चारजना यौन दुव्र्यवहारबाट पीडित भएका थिए ।

त्यसैगरी, दुई बालिका बेचबिखनका घटनामा पीडित भए । शारीरिक दण्ड सजाय, बलात्कार र यौन दुव्र्यवहारबाट पीडित हुनेमा बढी महिला छन् । महिला हिंसाका घटना गैरराज्य पक्षबाट बढी हुने गरेको प्रतिनिधि पन्तको भनाइ छ ।

“कतिपय घटना त बाहिर आउनै सकेका छैनन्, यो सङ्ख्या अझ बढी छ”, प्रतिनिधि पन्तले भन्नुभयो । मानव अधिकार उल्लङ्घन राज्य पक्षबाट हुने भएपनि अन्य घटनालाई समेत मानव अधिकारसँग जोडेर इन्सेकले प्रतिवेदन ल्याउने गरेको छ । गत वर्ष घटेका अधिकांश घटना कानुनी दायरामा आइसकेका छन् । कतिपय घटनाको मुद्दासमेत टुङ्गिएर दोषीले कारबाही र पीडितले न्याय पाएको अवस्था छ ।

चालु वर्षको पहिलो छ महिनामा पनि ४२ वटा घटना अभिलेख गरिएको इन्सेक जिल्ला प्रतिनिधि पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक अधिकारसम्बन्धी एक, बालअधिकारसम्बन्धी दुई, मानव बेचबिखनसम्बन्धी एक र महिला अधिकारसम्बन्धी ३८ घटना भएका छन् । तीमध्ये २५ वटा घरेलु हिंसाका घटनामा मिलापत्र भएको छ भने बाँकी घटना कानुनी प्रक्रियामा छन् । बढीजसो घटना महिला हिंसा र जबरजस्ती करणीसम्बन्धी छन् । यो अवधिमा दुईजना बालिका जबर्जस्ती करणीको सिकार भएका छन् ।

यस्तै, पाँचजना महिला जबर्जस्ती करणी र यौन दुव्र्यवहारमा परेको उल्लेख छ । एउटा बहुविवाहसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा घटना पनि कानुनी प्रक्रियामा छ ।

इन्सेकले वर्षभरिका मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ । सन् २०१८ मा प्रकाशन हुने पुस्तकका लागि इन्सेक बागलुङले मङ्गलबार अर्धवार्षिक समीक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । रासस

वि.सं.२०७४ असार १ बिहीवार ०३:५८ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...