back
CTIZAN AD

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

वि.सं.२०८२ माघ २१ बुधवार

300 

shares

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्णमको चुनौतिसँग लडिरहनु भएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरो सहयोगीहरू र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ ।

प्रदर्शनकारीहरू, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदारहरू थिए भने उनीहरुले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए ।

सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।

प्रदर्शनकारीहरूले भेनेजुएलाको झण्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चावेजको नाम राखिएको रातो रङको पहिरन लगाएका थिए ।

यस अघि ’समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए र उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताउनु भएको छ ।

दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीहरूलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नु भएको छ ।

मंगलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, उहाँले संकटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औंल्याउदै “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुएलामा संक्रमण“ समाप्त भयो।

स्वतन्त्रता ’सडकमा’–यस अघि मङ्गलबार सयौं विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि रोड्रिगेजले वाचा गरेको कानूनको द्रुत स्वीकृतिको लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

रोड्रिगेजले रिहाइको लागि आवाश्यक कानूनमा “गहन“ काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनु भएको छ ।
भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन् ।(रासस/एएफपी) 

वि.सं.२०८२ माघ २१ बुधवार १४:५५ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...