back
CTIZAN AD

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

वि.सं.२०८२ माघ २१ बुधवार

477 

shares

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” शिर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको हो । यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले “सुपर टर्म लाइफ इन्स्योरेन्स योजनाले संकटको समयमा परिवारलाई प्रर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताउनु भयो । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ यो योजना सार्वजनिक गरिएको बताउनु भयो । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिनुभयो ।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नविन र ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा पस्किदै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यस योजनाले परिवारको आर्थिक स्थायित्व सुनिश्चित गर्नुका साथै दीर्घकालीन वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ।

यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक रु. ७२५ बाट सुरु हुनेछ र बिमितले रु. ५,००,००० देखि रु. २०,००,००० सम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन् र १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बिमा योजना लिन सक्नेछन्।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बिमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बिमा सुरक्षा प्रदान गरिनेछ । यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ । ग्राहकहरूले यो बिमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछन् र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

 

वि.सं.२०८२ माघ २१ बुधवार १६:१७ मा प्रकाशित

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको...

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब...

आयोगको योजनामा दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने

आयोगको योजनामा दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने

काठमाडौँ । नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको...

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु...

काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी...

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन...