back
CTIZAN AD

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

वि.सं.२०८२ माघ २४ शनिवार

330 

shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।

अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन् । प्रधामन्त्रीद्धारा जारी सन्देशमा भनिएको छ, “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ ।”

प्रधानमन्त्रीले थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

 

वि.सं.२०८२ माघ २४ शनिवार १८:१२ मा प्रकाशित

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले...

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा...

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण...

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर...

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...