इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको रामधुनी नगरपालिका–तित्रिवनमा अत्याधुनिक आइशर 3S (Sales, Service & Spares) फ्यासिलिटी सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसलाई नयाँ उचाइमा पुर्याएको छ।
नव उद्घाटित फ्यासिलिटीको उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा VE कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोरालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दक्ष प्राविधिक जनशक्ति, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टरसहित सञ्चालनमा आएको यस 3S फ्यासिलिटीले छिटो सेवा, सवारीको अधिकतम अपटाइम र भरपर्दो ग्राहक अनुभव सुनिश्चित गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै अतिथिहरूले यो फ्यासिलिटी केवल डिलरशिप मात्र नभई पूर्वी नेपालको ढुवानी तथा व्यावसायिक यातायात क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गरे। स्थानीय रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र ग्राहक–केन्द्रित सेवामा यसको योगदान उल्लेखनीय हुने अपेक्षा गरिएको छ।
भोल्भो–आइशर र बतास एमएडब्लूको सहकार्यमा सञ्चालनमा आएको यस केन्द्रले पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट अपरेटर तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा अझ नजिकबाट उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
वि.सं.२०८२ माघ २५ आइतवार १७:१२ मा प्रकाशित




























