back
CTIZAN AD

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

वि.सं.२०८२ फागुन ३ आइतवार

123 

shares

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।

गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको सुनाए।

त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरे। अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन लाखको सुन्तला बिक्री भएको उनले बताए ।

विदेशबाट फर्किएर सुन्तलाखेतीमा लागेका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन् । गत वर्ष यहाँका किसानल ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२१.९ मेट्रिकटन सुन्तला बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ११८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकास्थित डुम्रीखर्क, डाँडापानी, खोलागाउँ, झारपुङ, घिरिङ गाउँपालिकास्थित च्याचुल, उवाथोक, मेवापानी, पोखरीछाप, देवघाट गाउँपालिकास्थित नरम, छिपछिपे, लुम्रिङ, दगारा, भिमाद नगरपालिकास्थित अक्सपाङ्दी, चामबोट, कोखे, म्याग्दे गाउँपालिकास्थित बहपुर, उमाचोक, छाङ, ऋषिङ गाउँपालिकास्थित अर्चल्दी, दुवुङ, बन्दीपुर गाउँपालिकास्थित धरमपानी, कमलबारी, काफलस्वारा, झारगाउँ, बासपानी, व्यास नगरपालिकास्थित तनहुँसुर, बेनीकोट र शुक्लागण्डकी नगरपालिकास्थित नाम्सीकोट र ज्याङ्लादी सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।

त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तलाखेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । रासस

वि.सं.२०८२ फागुन ३ आइतवार १३:०९ मा प्रकाशित

Himalayan Life AD
प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

नेप्से परिसूचक बीस अङ्कले घट्यो

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै...

पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने

पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (WADA) ले ‘वाडा अटो शो...

आजकोे मौसम: उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

आजकोे मौसम: उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ...