back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

वि.सं.२०८२ फागुन ५ मंगलवार

711 

shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड का प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगले दिएको जिम्मेवारीअनुसार मतपत्र छपाइ सोमबार साँझ सकिएको हो। आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी सुरु गरिने उनले जानकारी दिए।

प्रबन्ध निर्देशक पौडेलले प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ कार्य ४० दिनमै सम्पन्न गरिएको बताए। “४२ दिनको कार्यतालिका रहे पनि ४० दिनमै काम सक्न सफल भयौँ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने तयारी छ,” उनले भने।

केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमुना मतपत्र छपाइ गरी आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। त्यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम पनि जारी रहेको जनाइएको छ।

पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने अन्य प्रदेशहरूमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी कार्य भइरहेको छ।

वि.सं.२०८२ फागुन ५ मंगलवार १६:१० मा प्रकाशित

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले...

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...