back
CTIZAN AD

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १८ बिहीवार

shares

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२ को मृत्यु भएको छ भने ४ हजार बढी अझै सम्पर्कविहीन रहेका छन् । रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ५२ जनाको शव भेटिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ शव फेला परेको हो।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन्। बाढीका कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। हालसम्म बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणले दिएको जानकारी अनुसार वृस्तितमा यस्तो छ :

‘मानवीय क्षतिः १,२५२
शव फेला परेका स्थान
रसुवा : १२७
तनहुँ : ३८
नुवाकोट M १७७
नवलपरासी पूर्व M २१८
धादिङ : ६०
नवलपरासी पश्चिम : २०८
गोरखा : ६९
चितवनः ३५५
(विभिन्न मानव अंगसहित)  हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या : ९५
हालसम्म उपचार गरिएका घाइतेको संख्या : ५,१३५
विभिन्न अस्पतालमा उपचार भएको संख्याः ३०१
नेपाली सेनाबाट स्वास्थ्य उपचार भएको संख्याः ३,२०६
सशस्त्र प्रहरीबाट स्वास्थ्य उपचार भएको संख्याः १,६२८
सुरक्षाकर्मी परिचालनः २१,४०२
नेपाल प्रहरीः ७,९१२ जना
नेपाली सेनाः ९,२८७ जना
सशस्त्र प्रहरी बल, नेपालः ४,२०३ जना
हाल होल्डिङ सेन्टरमा रहेकाः ३,९४८
नुवाकोटः २,९८१
धादिङः २६०
रसुवाः ३२०
काठमाडौंः ३८७
इन्धन
प्रभावित क्षेत्रमा इन्धन मौज्दातको अवस्था
डिजेल मौज्दात ४६ हजार लिटर
पेट्रोल मौज्दात २४ हजार लिटर
हवाइ इन्धन मौज्दात २१ हजार लिटर

प्रभावित क्षेत्रमा संचारको अवस्था
नेपाल टेलिकम: ११० टावरमा क्षति पुगेकोमा हाल सबै संचालनमा आएको
एनसेल : ७८ टावरमा क्षति पुगेकोमा हाल ७५ टावर संचालनमा आएको ।

सम्पर्कविहीनः करिब ४,२१६
नेपाली सेनाः ४५ जना
नेपाल प्रहरीः २५ जना
सशस्त्र प्रहरी बल, नेपालः १३ जना
भन्सार कार्यालयः १४ जना
अध्यागमन कार्यालयः ३ जना
रसुवाः करिब ८६५ जना (DEOC बाट प्राप्त)
नुवाकोटः करिब १५५८ जना (DEOC बाट प्राप्त)
विदेशी नागरिकः ५८३ जना
विदेशी पर्यटकसँगै गएका नेपालीः १६४ जना
जलविद्युत आयोजनाबाटः करिब ९०० जना
लाङटाङ राष्ट्रिय निकुञ्जः ३ जना
क्वारेन्टाइन कार्यालयः ३ जना
जनप्रतिनिधिः ७ जना
स्थानीय तह वा अन्तर्गत कर्मचारीः ३२
निजी विद्यालय शिक्षकः १

हालसम्म उद्वार गरिएकाहरूको संख्याः ११,९९३
हालसम्म नेपाली सेनाद्वारा हवाइ उद्वारः विदेशी २७३ जना, नेपाली ४,०९१ जना
हालसम्म नेपाली सेनाद्वारा हवाइ उडानः ७१५ पटक (आज २५ उडान)
हालसम्म काठमाडौंबाट निजी क्षेत्रमार्फत भएका उडानः १२९ पटक

राहत सामग्री
हालसम्म काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरो मार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामाग्री र हेलिकप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको। थप १४ मिनीट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको।
हालसम्म सशस्त्र प्रहरीद्वारा नुवाकोट र रसुवा जिल्ला भित्र १३० हवाइउडान मार्फत राहत सामग्री ढुवानी गरिएको।

नेपाल सरकारबाट नगद राहत
रसुवा जिल्लाः १ करोड
नुवाकोट जिल्लाः १ करोड
धादिङ जिल्लाः ५० लाख
लाख प्रभावित १५ पालिकाः १३ करोड ५०

वि.सं.२०८३ भदौ १८ बिहीवार १३:१६ मा प्रकाशित

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...