back
CTIZAN AD

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

वि.सं.२०८३ भदौ १८ बिहीवार

15 

shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ आज बिहीबार काठमाडौंमा हुँदैछ।

अवार्डको २३औँ संस्करण भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना हुनेछ। यसपटकको अवार्ड कार्यक्रम बाढीपीडितप्रति समर्पित गरिएको आयोजकले जनाएको छ।

नेपाली खेलकुद क्षेत्रको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको अवार्डमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिँदै आएको छ।

यस वर्ष अवार्ड ९ विधामा प्रदान गरिँदैछ। वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहेका छन्।

वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सद्भाव आचार्य (गल्फ) रहेका छन्।

महिला खेलाडीमा एरिका गुरुङ, सानुमाया थिङ, सन्तोषी श्रेष्ठ, साबित्रा भण्डारी र सबिना श्रेष्ठ मनोनयनमा छन्। त्यस्तै युवा खेलाडीमा अर्पिल राना, रेहान जावेद, मनीषाकुमारी बोहरा, पुरुषोत्तम सिलवाल र रौनक श्रीवास्तव प्रतिस्पर्धामा छन्।

वर्ष प्रशिक्षकमा दीपक महर्जन, कुशल श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ, स्टुआर्ट ल र पुरन सिंह खत्री मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस अवार्डमा पूजा राना, रवीन्द्र ढाँट, शेर मल्ल, मीना सुनार र सानुमाया थिङ प्रतिस्पर्धामा छन्।

लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने कार्यक्रमकै क्रममा गरिनेछ।

अवार्ड समारोहको हिमालय टेलिभिजन तथा एनएसजेएफको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

वि.सं.२०८३ भदौ १८ बिहीवार १२:१८ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...