back
CTIZAN AD

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

वि.सं.२०८३ भदौ १८ बिहीवार

12 

shares
काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन् ।
हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ । रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिइएका सैन्य टोलीलाई हराइरहेका नागरिक र सैनिकका बारेमा जानकारी दिइ खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ ।

वि.सं.२०८३ भदौ १८ बिहीवार १२:३४ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...