back
CTIZAN AD

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

वि.सं.२०८३ भदौ १८ बिहीवार

21 

shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका सदस्य देव गुरुङले मनाङको नासों गाउँपालिका–२ मा रहेको डना तालको जोखिम अवस्थाबारे तत्काल वैज्ञानिक अध्ययन तथा विस्तृत सर्वेक्षण गर्न सरकारसँग माग गरेका छन्।

हालै रसुवाको भोटेकोसी क्षेत्रमा हिमताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि सम्भावित जोखिमप्रति सचेत हुँदै गुरुङले डनातालको अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

गुरुङका अनुसार मर्स्याङ्दी नदीको किनारमा करिब १ हजार ८५० मिटर उचाइमा रहेको धारापानीबाट पूर्वतर्फ मर्स्याङ्दीको शाखा खोला डना खोला बग्छ। डना खोलाको मुहानबाट करिब १३ किलोमिटरको दूरीमा र करिब ४ हजार ४ सय मिटर उचाइमा डोना ताल रहेको छ।

मनास्लु हिमालको उत्तर–पश्चिमी फेदीमा उत्तर–पश्चिमदेखि दक्षिण–पूर्वतर्फ लाम्चो आकारमा रहेको उक्त तालको लम्बाइ करिब ३ हजार २ सय मिटर र चौडाइ करिब ३५४ मिटर रहेको गुरुङले बताएका छन्।

विगतमा उक्त क्षेत्रमा स्थलगत भ्रमण गर्नेहरूले डना ताल जोखिममा रहेको बताउँदै आए पनि अहिलेसम्म भरपर्दो वैज्ञानिक सर्वेक्षण हुन नसकेको उनको भनाइ छ। त्यसका कारण तल्लो मर्स्याङ्दी किनारका बस्ती तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेको गुरुङले बताएका छन्।

उनले भनेका छन्, “डना तालको जोखिमको अवस्थाबारे अविलम्ब वैज्ञानिक सर्वेक्षण गरी आवश्यक सावधानी र जोखिम न्यूनीकरणका उपाय तत्काल अघि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।”

डना ताल फुटेमा त्यसको असर मनाङमा मात्र सीमित नरहने भन्दै गुरुङले लमजुङ, तनहुँ, गोरखा, चितवन हुँदै तल्लो मर्स्याङ्दी नदी किनारका बस्तीहरूमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिएका छन्। मर्स्याङ्दी नदी किनारमा ठूलो संख्यामा मानिसको बसोबास रहेकाले सम्भावित जोखिमलाई सामान्य रूपमा नलिन उनले आग्रह गरेका छन्।

उनले सम्बन्धित जनप्रतिनिधि तथा सरोकारवालालाई पनि आफ्नो तहबाट तत्काल पहल गर्न आग्रह गर्दै सम्भावित विपद् आउनुअघि नै जोखिमको वैज्ञानिक मूल्यांकन र पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।

वि.सं.२०८३ भदौ १८ बिहीवार १२:१९ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...